nmb bank

गृहपृष्ठ हायात प्लेस बुटवलमा ‘न्यू इयर्स इभ सेलिब्रेशन’ उत्साहजनक रूपमा सम्पन्न

हायात प्लेस बुटवलमा ‘न्यू इयर्स इभ सेलिब्रेशन’ उत्साहजनक रूपमा सम्पन्न

हायात प्लेस बुटवलमा ‘न्यू इयर्स इभ सेलिब्रेशन’ उत्साहजनक रूपमा सम्पन्न

रूपन्देही। हायात प्लेस बुटवलले नेपाली नयाँ वर्ष २०८३ लाई “बुटवलकै सबैभन्दा ठूलो न्यू इयर्स इभ सेलिब्रेशनको रुपमा भव्य आयोजना गरेको छ।

चैत ३० गते (१३ अप्रिल) का दिन खुल्ला आकाशमुनि होटेलको स्विमिङ पुल परिसरमा आयोजित यो उत्सवले बुटवललाई सांगीतिक र मनोरञ्जनात्मक गन्तव्यको रूपमा नयाँ उचाइमा पुर्यायो।

“एक रात, एक मञ्च, दुई आइकन” (वन नाइट, वन स्टेज, टु आइकन) नारा दिइएको यस कार्यक्रममा २५० भन्दा बढी पाहुनाहरूको उत्साहजनक उपस्थिति रहेको थियो। खुल्ला आकाशमुनिको आकर्षक ‘पुलसाइड सेटअप’ र रङ्गीचङ्गी बत्तीहरूको सजावटले २०८२ साललाई बिदाई गर्न र २०८३ लाई स्वागत गर्न एक जादुयी माहोल सिर्जना गरेको थियो।

कार्यक्रमको सुरुवात एक आकर्षक र ऊर्जावान डान्स प्रस्तुतिबाट भएको थियो, जसले साँझको माहोललाई तताएको थियो। त्यसलगत्तै नेपालको प्रख्यात र लोकप्रिय इन्स्ट्रुमेन्टल ब्यान्ड ‘कुटुम्ब’ ले आफ्नो सुमधुर र मौलिक धुनमार्फत सम्पूर्ण पाहुनाहरूलाई मन्त्रमुग्ध पारेको थियो। माहोल तात्दै गर्दा नेपाली पप संगीतका लिजेन्ड नवीन के भट्टराईले स्टेज सम्हाले। उनका चर्चित र सदाबहार लाइभ गीतहरूमा दर्शकहरू झुमेका थिए र डान्स फ्लोरमा भरपुर मनोरञ्जन लिएका थिए।

सांगीतिक मनोरञ्जनका साथै पाहुनाहरूले अनलिमिटेड लाइभ फुड काउन्टर, उत्कृष्ट परिकारहरू र अनलिमिटेड प्रिमियम मदिरा तथा पेय पदार्थको पूर्ण आनन्द लिएका थिए।

कार्यक्रमको अपार सफलताका बारेमा बोल्दै हयात प्लेस बुटवलका जनरल म्यानेजर श्री तुषार नगरले भने: “नेपाली नयाँ वर्ष २०८३ को अवसरमा आयोजना गरिएको बुटवलकै यो सबैभन्दा ठूलो न्यू इयर्स इभ उत्सवमा २५० भन्दा बढी पाहुनाहरूको उत्साहजनक सहभागिता देख्दा हामी अत्यन्तै हर्षित छौं। कुटुम्ब र नवीन के भट्टराई जस्ता नेपाली संगीतका आइकनहरूलाई एउटै मञ्चमा प्रस्तुत गरेर हाम्रा पाहुनाहरूलाई उत्कृष्ट सांगीतिक अनुभव, स्वादिला परिकार र उत्कृष्ट हस्पिटालिटी प्रदान गर्न पाउँदा हामीलाई गर्व लागेको छ। पुलसाइडको यो भव्य रातले नयाँ वर्षको सुरुवातलाई साँच्चै नै अविस्मरणीय बनाएको छ।”

साँझको उत्कर्ष मध्यरातको ‘काउन्टडाउन’ थियो। घडीले १२ बजाउँनासाथ ठूलो स्वर र हुटिङका साथ स्विमिङ पुल परिसर गुञ्जायमान भयो र औपचारिक रूपमा नयाँ वर्ष २०८३ को स्वागत गरियो।

हायात प्लेस बुटवलले पश्चिम नेपालको हस्पिटालिटी र लाइफस्टाइल कार्यक्रमहरूमा नयाँ आयाम थप्दै आएको छ। यस ‘न्यू इयर्स इभ’ को सफलताले विश्वस्तरीय अनुभव प्रदान गर्ने होटलको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

प्रकाशित समय : १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु