nmb bank

गृहपृष्ठ एसपीपीबारे छलफल गर्न बोलाएको समितिमा प्रधानमन्त्री गएनन्, सभापतिले भनिन् – अपमान भयो

एसपीपीबारे छलफल गर्न बोलाएको समितिमा प्रधानमन्त्री गएनन्, सभापतिले भनिन् – अपमान भयो

एसपीपीबारे छलफल गर्न बोलाएको समितिमा प्रधानमन्त्री गएनन्, सभापतिले भनिन् – अपमान भयो

प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन् । प्रधानमन्त्रीले निकट भविष्यमा गर्ने अमेरिकाको भ्रमण, नेपालको परराष्ट्र नीति कार्यान्वयन, अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लगायतका विषयमा छलफल गर्न समितिले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो ।

समिति सभापति पवित्रा निरौला खरेलका अनुसार आज बिहान ८ बजेमात्र प्रधानमन्त्री नआउने जानकारी आएको हो । उनले प्रधानमन्त्री नआउने भए समयमै समयमा खबर हुनुपर्ने बताइन् । 'समयमा खबर नगर्नु अपमान नै हो । हिजोसम्म खबर दिनुपर्ने हो । आज ८ बजे खबर दिनु त अपमान नै हो । बिहान ८ बजे सचिवलाई फोन गर्नुभएको हो,' उनले भनिन्, 'त्यसपछि मलाई जानकारी भएको हो । यसैले समितिको अपमान भएको हो ।'

प्रधानमन्त्री नआउने भएपछि समिति सदस्य समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका सांसदहरु बाहिरिएका छन् ।

गत शुक्रबारको बैठकले एसपीपीबारे प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही बैठकमा सहभागी भएका परराष्ट्रमन्त्री डा। नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका थिए ।

एसपीपीमा अब उप्रान्त नेपाल संलग्न नहुने कुरा स्पष्ट रुपमा औपचारिक किसिमले अमेरिकालाई अवगत गराउन पनि समितिले निर्देशन दिएको थियो ।

प्रकाशित समय : १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु