global ime bank Long Banner Ad

गृहपृष्ठ नयाँ स्मार्टफोन फन फ्याक्टरमा ओप्पो फाईन्ड एनको अग्रणी भूमिका

नयाँ स्मार्टफोन फन फ्याक्टरमा ओप्पो फाईन्ड एनको अग्रणी भूमिका

नयाँ स्मार्टफोन फन फ्याक्टरमा ओप्पो फाईन्ड एनको अग्रणी भूमिका

ओप्पोको पहिलो फोल्डेवल फ्लागशिप स्मार्टफोन ओप्पो फाईन्ड एन उद्योगमा नयाँ फ्याक्टरहरुका कारण चर्चाको अग्रभागमा छ । यसको प्रिमियम डिजाइन र फोल्ड गर्न मिल्ने स्मार्टफोनको अनुभवमा नयाँ दृष्टिकोणको लागि व्यापक मान्यता प्राप्त भएकोले यो स्मार्टफोनलाई गुगल I/O की नोटमा प्रदर्शन गरिएको थियो ।

ओप्पो फाईन्ड एन एण्ड्रोइड १३ बिटा प्राप्त गर्ने पहिलो स्मार्टफोन मध्ये एक हो । ओप्पोले, ओप्पोको कलर ओएस अपरेटिङ सिस्टममा आधारित एण्ड्रोइड १३ बिटाको डेभलपर प्रिभ्यु अब चीनका फाइन्ड एन प्रयोगकर्ताहरुका लागि डाउनलोड गर्न उपलब्ध रहेको घोषणा गरेको छ । फाइन्ड एन सँगसँगै, एण्ड्रोइड १३ बिटा ओप्पो फाईन्ड एक्स प्रो फ्लागशिप स्मार्टफोन पनि उपलब्ध छ ।

ओप्पोका प्रमुख उत्पादन अधिकृत पिट लाउले भने ‘ओप्पो फाईन्ड एनले प्रविधिको उन्नतिमार्फत प्रयाेगकर्ताहरुलाई सशक्त बनाउन अभिनव रोडम्यापको आधारशिला प्रतिनिधित्व गर्दछ । गुगलसँग मिलरे काम गर्दै, हामी यस अत्याधुनिक हार्डवेयरको संयोजन र बढ्दो बजारमा अतुलनीय सफ्टवेयर अनुभव प्रदान गर्न पाउँदा गर्व गर्छौँ ।'

ओप्पो फाईन्ड एनमा रहेको एण्ड्रोइड १३ बिटाले मल्टीटास्किङ र समग्र अनुभवको दक्षता हेरेर थप सुधार गर्न ठूलो डिस्प्लेको लागि अनुकुल नयाँ सुविधाहरुको दायरा समावेश गरेकाे छ ।

प्रकाशित समय : १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु