गृहपृष्ठ भारतमा रेलको ठक्करबाट नेपाली युवाको मृत्यु

भारतमा रेलको ठक्करबाट नेपाली युवाको मृत्यु

भारतमा रेलको ठक्करबाट नेपाली युवाको मृत्यु

झापाको मेचीनगर नगरपालिका-६ का ३० वर्षीय विजय श्रेष्ठको गए राति सीमावर्ती भारतीय नाका पानीट्यांकीमा रेलको ठक्करबाट मृत्यु भएको छ । रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बंगालकाे सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीको भनाइलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

घटनालगत्तै पानीट्यांकीस्थित भारतीय प्रहरी चौकीले काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा मृत्युबारे जानकारी गराएको थियो । मृतकको शव सोही चौकीमा राखिएको छ । परीक्षणपश्चात शव आज नेपाल ल्याइने प्रहरीले जनाएको छ ।

पूर्वी नेपालको मेचीनगर, भद्रपुर, बिर्तामोडलगायत क्षेत्रबाट किनमेल र उपचारका लागि दिनहुँ सयौँको संख्यामा नेपाली सीमावर्ती भारतीय बजार पानीट्यांकी, नक्सलबाडी, गलगलिया र सिलीगुडी ओहोरदोहोर गर्छन् ।

पानीट्यांकीस्थित भारतीय रेल्वेको लिकमा दुर्घटना हुँदा बर्सेनि नेपालीको ज्यान जाने गरेको छ ।

प्रकाशित समय : १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु