गृहपृष्ठ मन्त्री आलेद्वारा नेपाल एयरलाइन्सका अध्यक्षमाथि कुटपिट र फाेहाेरी गालीगलौज
मन्त्री आलेद्वारा नेपाल एयरलाइन्सका अध्यक्षमाथि कुटपिट र फाेहाेरी गालीगलौज
पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात र गालिगलौज गरेका छन् । फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको छन् ।
एकछिन मन्त्रीले अध्यक्ष अधिकारीमाथि धक्कामुक्कीसमेत गरेका थिए । अन्नपूर्ण पोष्टले सार्वजनिक गरेको अडियोमा मन्त्री आलेले निकै आपत्तिजनक शब्दको प्रयोग बारम्बार गरेका छन् ।
पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न (आफूले पठाएका व्यक्तिलाई जागिर दिन) अह्राएका थिए । अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए । केहीलाई लगाउने प्रक्रियामा रहेका बेला काम नभएकाे भन्दै मन्त्री गालीगलाैज र कुटपिटमा उत्रिएका हुन् ।
मन्त्रीले निरन्तर ताकेतामा मात्र गरेका थिएनन्, तुरुन्त राखी दिन धम्क्याउँदै आएका थिए । तर अधिकारीले तलबाट दरबन्दी बनाउन, टिप्पणी आउन बाँकी रहेको कारण देखाएका थिए ।
प्रकाशित समय : १३:२९ बजे



















