global ime bank Long Banner Ad

गृहपृष्ठ आईजीपी बढुवा विवाद मुद्दा : कामु प्रधानन्यायाधीशको इजलासमा पेसी

आईजीपी बढुवा विवाद मुद्दा : कामु प्रधानन्यायाधीशको इजलासमा पेसी

आईजीपी बढुवा विवाद मुद्दा : कामु प्रधानन्यायाधीशको इजलासमा पेसी

प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ ।  कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेसी परेको छ । 

धिरजप्रताप सिंहलाई आईजीपी बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गते नै अन्मित सुनुवाइको मिति तोकिएको भए पनि त्यस दिन सुनुवाइ हुन सकेन । अवकास भइसकेका तीन डीआईजीको मुद्दाका कारण सुनुवाइ प्रभावित भएपछि सार्न नमिल्ने गरी आजलाई पेसी तोकिएको थियो । 

यसअघि, वैशाख २२ गते न्यायाधीश सुष्मालता माथेमाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै जेठ १७ गतेलाई अर्को पेसी तोकेको थियो । १७ गते न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा परे पनि डीआईजीको मुद्दामा म्याद तामेली नहुँदा सुनुवाइ रोकिएको थियो । 

सरकारले पहिलो वरीयतामा रहेका एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाइ तेस्रो नम्बरमा रहेका सिंहलाई बनाएपछि यो विवाद सर्वोच्चमा पुगेको थियो । 

पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्थाविपरीत बढुवा गरेको जिकिर गर्दै रिट दायर गरेका थिए । 

प्रकाशित समय : १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु