global ime bank Long Banner Ad

गृहपृष्ठ लुकीछिपी भिडियो बनाई धम्क्याएर ५० लाख माग्ने युवक पक्राउ

लुकीछिपी भिडियो बनाई धम्क्याएर ५० लाख माग्ने युवक पक्राउ

लुकीछिपी भिडियो बनाई धम्क्याएर ५० लाख माग्ने युवक पक्राउ

ठगीमा संलग्न रहेको अभियोगमा बाजुरा बडी मालिका नगरपालिका-७ बस्ने २७ वर्षीय शान्तराज तिमिल्सेनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

लुकीछिपी भिडियो बनाई ‘चरित्र हत्या गर्छु, विभिन्न सामाजिक सञ्जालमा हालि दिन्छु’ भनी धाक धम्की दिई ५० लाख फिरौती रकम माग गरेको र पीडितले ३ लाख दिएकोमा पुन: पटक-पटक बाँकी रकम मागी धम्की दिई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा तिमिल्सेनालाई पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत कास्कीबाट अपराधिक विश्वासघात (एक्सटर्सन) सम्बन्धी कसूरमा ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।

प्रकाशित समय : २०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु