गृहपृष्ठ डिम्याट खोल्नेको संख्या ५१ लाख ५० हजार

डिम्याट खोल्नेको संख्या ५१ लाख ५० हजार

डिम्याट खोल्नेको संख्या ५१ लाख ५० हजार

सेयर कारोबारका लागि खोलिने हितग्राही खाता अर्थात् डिक्याट खोल्नेको संख्या ५१ लाख नाघेको छ । 

नेपाल धितोपत्र बोर्डले वार्षिक उत्सवको अवसरमा बुधबार दिएको जानकारीअनुसार जेठको १६ गतेसम्म ५१ लाख ५० हजार जनाले डिम्याट खाता खोलेका छन् । 

यस्तै, वैशाख मसान्तसम्ममा मेरो सेयर खाता खोल्नेको संख्या ४२ लाख ६४ हजार तथा सेयर कारोबारका लागि अनलाइन सेवा लिनेको संख्या १४ लाख ३९ हजार जना पुगेको छ । 

यसैगरी चालु आर्थिक वर्षमा सेयर कारोबारबाट सरकारले ११ अर्ब रुपैयाँभन्दा धेरै पुँजीगत लाभकर असुल गरेको छ । धितोपत्र बोर्डका अनुसार जेठ १७ गतेसम्म सरकारले ११ अर्ब तीन करोड २६ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको हो । 

सरकारले दोस्रो बजारको सेयर कारोबारमा समयका आधारमा साढे सात प्रतिशत र पाँच प्रतिशत लाभकर लिने गरेको छ ।

प्रकाशित समय : २०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु