काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपाल बैंककाे गण्डकी र सुदूरपश्चिम प्रदेशस्तरीय बजेट गोष्ठी सम्पन्न

7.59K
shares

नेपाल बैंक लिमिटेडले गण्डकी र सुदूरपश्चिम प्रदेशकोे प्रदेशस्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले उक्त कार्यक्रम गरेको हो ।

यही जेठ १९ देखि २१ गतेसम्म चितवनको सौराहामा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, गण्डकी र सुदूरपश्चिम प्रादेशिक कार्यालय र सोअन्तर्गतका सम्पूर्ण शाखाका ४५ जना शाखा प्रबन्धकको सहभागिता थियो । प्रधान कार्यालय बजेट तथा योजना विभाग र तालिम तथा विकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरुलाई सफ्ट स्किल डेभलपमेन्टसम्बन्धी तालिमसमेत प्रदान गरिएको थियो ।

बैंक व्यवस्थापनले शाखाहरुसँग अन्तर्क्रिया गरी शाखा प्रबन्धकहरुबाट प्राप्त सल्लाह एवं सुझावहरु समेतलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारिता बढी हुनुका साथै आगामी आर्थिक वर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङ बढावा दिने लगायतका विषयहरुमा बृहत छलफल गरी सो सम्बन्धमा आवश्यक कार्यक्रमहरु तय गर्न सहज हुने देखिएकोले यस्ता कार्यक्रमहरु प्रत्येक वर्ष आयोजना गरिँदै आएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ क्षेत्रकै सक्रिय तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मेहनेतले गर्दा नै नैपाल बैंक आज अत्यन्त सबल र प्रतिस्पर्धी बैंकको रुपमा अगाडि आएको विचार व्यक्त गरेका थिए ।

सम्पूर्ण नेपालीहरुमा सरल, सहज र आधुनिक बैंकिङ सेवा प्रदान गर्दै निरन्तर आफ्नो सेवामा समर्पित भई ग्राहकहरुको विश्वास जित्दै देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने कार्यमा यस बैंकका सम्पूर्ण कर्मचारीहरु सदा ऊर्जाशील भई अगाडि बढिरहने विश्वास समेत उनले व्यक्त गरे ।