गृहपृष्ठ मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । सो प्रणालीहरुको प्रभावले प्रदेश नं. १, मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई प्रदेश नं. १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
हाल देशको प्रदेश नं. १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं. १ र मधेस प्रदेश प्रदेशको थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ । देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रही प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ८ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२ दशमलव ८ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ४० दशमलव चार डिग्री सेल्सियस रहेको छ ।
प्रकाशित समय : १८:३० बजे



















