global ime bank Long Banner Ad

गृहपृष्ठ एनएमबी बैंकद्वारा ‘छोरी’मा वित्तीय साक्षरता कार्यक्रम

एनएमबी बैंकद्वारा ‘छोरी’मा वित्तीय साक्षरता कार्यक्रम

एनएमबी बैंकद्वारा ‘छोरी’मा वित्तीय साक्षरता कार्यक्रम

एनएमबी बैंकद्वारा विभिन्न कारणले जोखिममा परेका महिलाहरुलाई उद्धार तथा सशक्तीकरण गर्दै आएको गैह्र सरकारी संस्था ‘छोरी’मा आवद्ध महिलाका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा छोरी संस्थाका ५५ जना दिदी बहिनीको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रमा उपस्थित दिदी बहिनीहरूलाई उत्प्रेरणाको साथै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।

कार्यक्रममा एनएमबी बैंकका तर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल, नवीन पन्थी र छोरी संस्थाको तर्फबाट कार्यक्रम संयोजक शारदा पुरीको उपस्थिति रहेको थियो । छोरी संस्थाका दिदी बहिनीहरूलाई गरिएको यस कार्यक्रमले उनीहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित समय : १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु