global ime bank Long Banner Ad

गृहपृष्ठ महिला अधिकार सुनिश्चित गर्नु सबैको दायित्व

महिला अधिकार सुनिश्चित गर्नु सबैको दायित्व

महिला अधिकार सुनिश्चित गर्नु सबैको दायित्व

पितृसत्तात्मक हाम्रो समाजमा महिलाको स्तरलाई विश्लेषण गर्दा विगत र वर्तमान अवस्थामा निकै परिवर्तन भएको देख्न सकिन्छ । आजको २२औं शताब्दीमा पनि महिला सशक्तीकरण, हक, अधिकारका सवालहरु थप पेचिलो बनिरहेको छ । नारीलाई वैदिक कालमा पनि घरकी लक्ष्मीको रुपमा मानिन्थ्यो । जुन परम्परा अहिले पनि यथावत छ । हुन पनि नारी बिनाको घर पूर्ण हुन सक्दैन ।

विगतमा नारी घरको चार पर्खाल वा चूल्हो-चौकामै सीमित थिइन् । आज अवस्था बदलिएको छ । देश हाँक्ने भूमिकामा समेत नारीहरु पुगिसकेका छन् । नेपालको सन्दर्भमा हेर्दा पछिल्लो समय हरेक क्षेत्रमा महिलाको पहुँच नभएको होइन । तर, ती पहुँचहरु सीमित दायरामा मात्र खुम्चिएको देखिन्छ । हाम्रो समाजमा महिलाप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको देखिन्छ । यद्यपि, ति पर्याप्त छैनन् । महिला हिंसा निर्मुल पार्न र महिला अधिकार प्रत्याभूत गर्न व्यवस्थित र आधारपूर्ण कानुन बन्न र बनेका कानुनको समान रुपमा कायान्वयन हुनु जरुरी छ ।

समाजमा हिजो पनि महिला हिंसा भएकै थिए । खासमा आज पनि न्यूनीकरण नभई प्रकृतिमा मात्र फरक पर्न आएको हो । महिला हिंसाका घटनाहरुले समाजमा ठूलो हलचल पैदा गरिरहेको दैनिकजसो हामी देख्न, सुन्न पाउछौं । सचेतना नभएको विगतका रुढीवादीग्रस्त समाजमा महिला हिंसाका विद्यमान स्वरुपहरु सती प्रथा, बालविवाह, छाउपडी प्रथाको उन्मूलन भए पनि त्यसका अवशेषहरु आज पनि कतिपय अवस्थामा छिटफुट देख्न सकिन्छ । शिक्षाको ज्योति नपुगेका विकट र भौगोलिक विकट स्थानहरुमा स्वास्थ्य, सुरक्षा र अधिकारबारे जानकारी नहुँदा शोषणमा पर्ने, हत्या, हिंसा, बलात्कार र अन्यायमा पर्न सक्ने स्थिति रहेको पाइन्छ । यस्ता कयौं घटनाका विकराल रुपहरु अझै पनि हटिसकेको छैन ।

केही महिलाको मात्र अवस्था सुनिश्चित हुनु भनेको समग्र स्थितिमा सुधार भएको भन्ने सूचक होइन । समाजमा जल्दोबल्दो रुपमा महिलाका विषयमा सवालहरु जति पनि उब्जिएका छन्, के यी सबै हुनुमा सामाजिक परिस्थिति वा सरकारको मात्र दोष हो त ?

प्रलोभनका कारण, चेतनाको अभाव र संस्कारका कारण पनि हाम्रो समाजमा महिलालाई खुलेआम यातना दिइएका उदाहरण पाइन्छ । कतिपय अवस्थामा महिला आवाजलाई दमन गरिन्छ । महिलाको भूमिकालाई मूल्यांकनहीन तुल्याइन्छ । शिक्षा, स्वास्थ्य, रोजगारजस्ता संवेदनशील क्षेत्रमा पनि महिला अधिकारको विषयमा धेरै प्रश्नहरु उठेका छन् । असंख्य गैरसरकारी संस्था र संगठनको स्थापना भए पनि तिनका उद्देश्यअनुरुप नतिजा आउन सकेको छैन । नेपाल लगायतका विकासोन्मुख राष्ट्रमा महिलाको स्तर विगतको तुलनामा केही हदसम्म सकारात्मक देखिए पनि त्यसलाई सन्तोषजनक मान्न सकिँदैन ।

केही महिलाको मात्र अवस्था सुनिश्चित हुनु भनेको समग्र स्थितिमा सुधार भएको भन्ने सूचक होइन । समाजमा जल्दोबल्दो रुपमा महिलाका विषयमा सवालहरु जति पनि उब्जिएका छन्, के यी सबै हुनुमा सामाजिक परिस्थिति वा सरकारको मात्र दोष हो त ? महिला हिंसा विरुद्धका आवाज उठाउनका लागि विभिन्न पक्षबाट पहल नभएको होइन । तर, यी पहलहरु वृहत रुपमा हुन सकेनन् । सरकारी तवरमा मात्र नभई गैरसरकारी संघ संस्थाको यसमा भूमिका उदाहरणीय र महिलाको भूमिका हरेक क्षेत्रमा स्तरीय बनाउनका लागि सुविधा, रोजगार, शिक्षामा पनि सहुलियत हुनु जरुरी छ ।

महिला अधिकार सुनिश्चितका लागि महिला स्वयं जागरुक, सक्षम, सबल र स्वावलम्बी बन्दै अग्रसर हुनु पर्दछ । यसका साथै जनचेतना फैलाउनेदेखि आत्मनिर्भर बन्ने हरेक क्षेत्रमा महिला आफैँ अग्रपंक्तिमा उभिनु जरुरी छ । यसका लागि महिलामैत्री वातावरण निर्माण गर्दै सामाजिक संरचनालाई सकारात्मकतातिर अग्रसर गराउने र चेतनामुखी कार्यक्रम गाँउस्तरसम्म पुर्‍याउन आवश्यक छ ।

सामाजिक अस्थिरता र विभेद, कमजोर मानसिकता, असमानता, असुविधालाई हटाउन सम्पूर्ण महिलाले हातेमालो गर्नु आवश्यक छ । अनि मात्र कुप्रथा र हिंसा विरुद्धका आवाजलाई बलियो बनाई अवस्था सुधारका लागि नीतिगत रुपमा महिलामूखी कार्यान्वयन सम्भव छ ।

प्रशासनिक, आर्थिक, सामाजिक क्षेत्रमा उल्लेखनीय भूमिका महिलाले निर्वाह गर्न सक्ने प्रकारको अवस्था सृजना भएको खण्डमा अवसरबाट वञ्चित हुन सक्दैनन् । सीप क्षमता र दक्षताको अनुभूति गराई आत्मसुरक्षाका बारेमा पनि सचेतना जगाउनु आवश्यक छ । हरेक वर्गका महिलाका संघर्षहरु नियाल्दा बाध्यतात्मक अवस्था रहेको पाइन्छ । यसमा सरकारी निकायको भूमिका प्रभावहीन बन्नु दुखद अवस्था हो । कुनै एक पक्षको निरन्तर प्रयासले मात्र समग्र महिलाको अवस्थामा सुधार हुन सक्दैन । यसका निमित्त प्रत्येक समुदाय र क्षेत्रमा कानुन, नीति नियम र योजना कार्यान्वयन हुनु पर्दछ । सामाजिक अस्थिरता र विभेद, कमजोर मानसिकता, असमानता, असुविधालाई हटाउन सम्पूर्ण महिलाले हातेमालो गर्नु आवश्यक छ । अनि मात्र कुप्रथा र हिंसा विरुद्धका आवाजलाई बलियो बनाई अवस्था सुधारका लागि नीतिगत रुपमा महिलामूखी कार्यान्वयन सम्भव छ ।

विकास निर्माणका गतिविधिमा महिलालाई उल्लेखनीय भूमिका निर्वाह गराउन पहल हुनु पर्दछ । सजग र सहज रुपमा महिलाले अधिकारको विषयमा अहं भूमिका खेल्नु नितान्त आवश्यक छ । आफ्नो अधिकारको विषयमा वकालत गर्ने वातावरण निर्माण गर्दै समाजका हरेक क्षेत्रमा महिलाले नै सक्रिय भूमिका खेल्न सक्नुपर्दछ । यसका साथै सम्बन्धित निकायहरुले पनि महिला हिंसाको विषयमा विशेष ध्यान दिँदै अग्रसर भएमा महिला अधिकार सुनिश्चित हुने निश्चित छ । महिला हिंसा अन्त्यका लागि सबै क्षेत्रको सामूहिक र सकारात्मक प्रयास नै एकमात्र विकल्प हुनेमा दुईमत नहोला ।

प्रकाशित समय : १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु