global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णाली प्रदेशस्तरीय लोकगीत तथा लोकनृत्यमा जुम्ला प्रथम

कर्णाली प्रदेशस्तरीय लोकगीत तथा लोकनृत्यमा जुम्ला प्रथम

कर्णाली प्रदेशस्तरीय लोकगीत तथा लोकनृत्यमा जुम्ला प्रथम

कर्णाली प्रदेशस्तरीय लोकगीत तथा लोकनृत्य प्रतियोगितामा जुम्ला प्रथम भएको छ । कर्णाली सरकार सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयको आयोजनामा शुक्रबार सम्पन्न कर्णाली प्रदेशस्तरीय विद्यालय तहको विद्यार्थी प्रतिभा पहिचानअन्तर्गत ‘एकल लोकगीत’मा जुम्लाका सिर्जना भक्री र ‘एकल लोकनृत्य’ प्रतियोगितामा जुम्लाकै सविना बुढ्थापा प्रथम भए ।

प्रथम हुने दुवै छात्रालाई मेडलसहित जनही २१ हजार नगद पुरस्कार प्रदान गरिएको नृत्य निर्देशक कुलमान नेपालीले जानकारी दिए । उक्त प्रतियोगितामा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कला, साहित्यका माध्यमबाट नवप्रतिभाको पहिचान भएको बताए । 'प्रतियोगिताले कर्णालीको लोक साहित्य क्षेत्रको उचाई बढाएको छ', मन्त्री बुढाक्षेत्रीले भने, 'सरकारले त्यस्ता प्रतिभालाई उच्च सम्मान गर्नेछ ।'

शिक्षा विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक दीपा हमालले एकल लोकगीत तथा लोकनृत्य प्रतियोगिताले प्रतिभा पहिचानका साथै बालबालिकामा नयाँ उत्साह जगाएको बताइन् । नृत्य निर्देशक नेपालीले कर्णाली प्रदेशमा जुम्लाले लोकगीत तथा लोकनृत्यमा इतिहासमै नयाँ कृतिमानी कायम गरेको टिप्पणी गरे ।

प्रतियोगितामा प्रत्येक जिल्लाबाट दुवै विधामा १०/१० छनोट भएर आएका २० विद्यार्थीको सहभागिता थियो ।

प्रकाशित समय : १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु