global ime bank Long Banner Ad

गृहपृष्ठ ट्र्याक्टर दुर्घटनामा दुईको ज्यान गयो

ट्र्याक्टर दुर्घटनामा दुईको ज्यान गयो

ट्र्याक्टर दुर्घटनामा दुईको ज्यान गयो

रुकुम (पूर्व)मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका-४ स्थित दादीङमा ट्र्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा१त १६१६ नम्बरको ट्र्याक्टरमा दुर्घटना भएकाे थियाे ।

मृत्यु हुनेमा सिस्ने-४ दादीङकै १५ वर्षका आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दी बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का इन्स्पेक्टर एवं सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिए । उनका अनुसार दुई जना घाइते भएका छन् ।

घाइतेकोे रुकुम(पूर्व) अस्पतालमा उपचार भइरहेको इन्स्पेक्टर खत्रीले बताए । चालकको भने नाम ठेगाना नखुलेको र फरार रहेको प्रहरीले बताएको छ । इन्स्पेक्टर खत्रीले भने, 'ट्र्याक्टर सडकमै हाइड्रोलिक उठेको अवस्थामा छ । सडकदेखि तल पनि खसेको छैन तर दुईदुई जनाको ज्यान गएको छ । ट्र्याक्टरको पछाडिको भागमा बसेका उनीहरु आत्तिएर हाम फालेको नि हुनसक्छ, झर्ने बेलामा आत्तिएको नि हुनसक्छ ।' घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय : १३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु