global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्सेमा लगातार गिरावट

नेप्सेमा लगातार गिरावट

नेप्सेमा लगातार गिरावट

बजेट आएको हप्ताको पाँच दिन सेयर बजारमा लगातार गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शुक्रबार पनि नेप्से ३३.७६ अंकले घटेको हो ।

योसँगै बजार परिसूचक २१ सय अंकबाट पनि झरेर २०७८.७० अंकमा रोकिएको छ । त्यस्तै 'क' वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि ७.१८ अंकले ओर्लिएको छ । आजको कारोबारमा २२६ कम्पनी सामेल भए पनि कारोबार रकम १ अर्ब ३० करोड मात्र छ । दिनभरिमा ३८ लाख कित्ता सेयर बिक्री भएको छ । आज १३ वटै उपसूचक झरेका छन् ।

आज उपकार लघुवित्त र बलेफी हाइड्रोका लगानीकर्ताले १० प्रतिशत कमाउनेबाहेक अन्य कम्पनीका लगानीकर्ता निराश हुनुपरेको छ । शुक्रबार लगानीकर्ताले ८.९५ प्रतिशतसम्म गुमाएका छन् । आज सर्वाधिक कारोबार भने एनआइसी एसिया बैंकको ६ करोड रुपैयाँको भएको छ ।

आजको कारोबारमा १७ कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको मूल्य घटेको छ । चारवटाको भने उही मूल्य कायम छ ।

प्रकाशित समय : २२:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु