श्रीमानले पाठेघर तानेर घाइते बनाएकी माझीको मृत्यु
वि.सं.२०७९ जेठ १७ मंगलवार १६:४७
shares

श्रीमानले पाठेघर बाहिर तानी चोट पुर्याएकी महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका-१० की गीता माझीको सोमबार राति ११ः५० बजे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई श्रीमान् ४० वर्षीय रामचन्द्र माझीले मादक पदार्थ सेवन गरी यही जेठ १२ गते कुटपिट गर्नुका साथै योनीभित्र औला छिराई पाठेघर बाहिर तानीदिएका थिए ।
चिकित्सकका अनुसार पछिल्लो पटक रामचन्द्रले गीताको मलद्वारबाट लौरो घुसाएर यातना दिएपछि उनी गम्भीर घाइते भएकी थिइन् । गीताको मलद्वार र यौनांग बीचको भाग च्यातिएको थियो । घाइते उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनका श्रीमानलाई पक्राउ गरी ज्यान मार्ने उद्योग तथा जबर्जस्ती करणी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

























