गृहपृष्ठ नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिबीच सम्झौता

नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिबीच सम्झौता

नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिबीच सम्झौता

नेपाल बैंक लिमिटेड र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराबीच दुवै संस्था बिचको आपसी सम्बन्धलाई वित्तीय कारोबारहरुमार्फत विस्तार गर्दै थप प्रगाढ बनाउने उद्देश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा समितिका अध्यक्ष एवं वरिष्ठ समाजसेवी गणेश बहादुर श्रेष्ठ र बैंकका गण्डकी प्रादेशिक कार्यालयकी प्रमुख प्रतिमा श्रेष्ठले आइतबार हस्ताक्षर गरे । सम्झौतापश्चात समिति मातहतका विभिन्न सामाजिक क्रियाकलाप, समितिका सदस्य तथा कर्मचारीहरुले नेपाल बैंकमार्फत गरिने वित्तीय कारोबारमा विशेष छुट प्राप्त गर्नेछन् ।

नेपालभर २१७ शाखा, १७९ एटीएम साथै ४७ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकलाई वित्तीय सेवा पुर्‍याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत अगाडि बढिरहेको छ ।

प्रकाशित समय : १९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु