गृहपृष्ठ ‘सेतो बाघ’ ब्रान्डको भोड्का बजारमा

‘सेतो बाघ’ ब्रान्डको भोड्का बजारमा

‘सेतो बाघ’ ब्रान्डको भोड्का बजारमा

‘सेतो बाघ’ ब्रान्डमा मदिरा भोड्का बजारमा ल्याइएको छ । मदिरा उत्पादक कम्पनी नेचुरल स्पिरिट्सले नयाँ ब्रान्डमा भोड्का बजारमा ल्याएको हो ।

कम्पनीबाट उत्पादन गरिएको सारंगी ब्रान्डको ह्विस्कीले क्रमशः मदिरा पारखीहरूको मन जित्दै गइरहेको परिप्रेक्ष्यमा कम्पनीले एक अर्को उत्कृष्ट ब्रान्डको ‘सेतो बाघ’ भोड्का बजारमा उपलब्ध गराएको कम्पनीले जनाएको छ । बजारमा उपलब्ध अन्य भोड्काभन्दा भिन्न तर उत्कृष्ट स्वाद रहेको दाबी गरिएको योे भोड्का अन्तर्राष्ट्रिय मापदण्डअनुरूप तयार पारिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अध्यक्ष असिम सिटौलाले मदिरा उत्पादन एवं बिक्री वितरण सँगसँगै सामाजिक उत्तरदायित्वप्रति पनि त्यत्तिकै जिम्मेवार रहेको भन्दै देशमा भएका बाघहरूको संरक्षणमा समेत चासो राख्ने बताए । सेतो बाघ भोड्का १८० मिलि, ३७५ मिलि र ७५० मिलिमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु