global ime bank Long Banner Ad

गृहपृष्ठ चरित्रहत्या गर्ने प्रहरी जवान पक्राउ

चरित्रहत्या गर्ने प्रहरी जवान पक्राउ

चरित्रहत्या गर्ने प्रहरी जवान पक्राउ

प्रहरीको साइबर ब्यूरोले महिलाको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । एक जना भने नेपाल प्रहरीका बहालवाला कर्मचारी रहेका छन् । 

विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको आरोपमा रौतहटका घर भइ धनुषामा कार्यरत प्रहरी जवान कृष्णकुमार यादव र विराटनगर घर भएका मोहम्मद कसिमलाई धरान प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको छ । 

यादवले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाएर प्रलोभनमा पारी खिचिएका अन्तरंग तस्बिरहरू सामाजिक सञ्जालमा पोष्ट गर्ने, धम्क्याएर पीडितलाई मानसिक तनाव दिइ चरित्र हत्यासमेत गरेको दाबी गरिएको छ । 

कासिममाथि सामाजिक सञ्जालमा नक्कली एकाउन्ट खोली युवतीको अन्तरंगका तस्बिर विभिन्न व्यक्तिलाई पठाइ चरित्र हत्या गरेको आरोप छ । काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान जारी रहेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले आज एक विज्ञप्ति जारी गरी जनाएका छन् । 

प्रकाशित समय : २३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु