global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्सेमा सुधार, कारोबार रकम खुम्चियो

नेप्सेमा सुधार, कारोबार रकम खुम्चियो

नेप्सेमा सुधार, कारोबार रकम खुम्चियो

नेप्सेमा बुधबार दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १४.३७ अंकले बढ्दै नेप्से २२३१.५७ अंकमा उक्लिएको हो । सेन्सिटिभ इन्डेक्स पनि २.४२ अंकले बढ्दै ४३५.०९ अंकमा पुगेको छ ।

कारोबार भने एक अर्ब रूपैयाँमा सीमित हुन पुगेको छ । अन्तिम समयसम्म २२६ कम्पनीका २६ लाख ९४ हजार ४२९ कित्ता सेयर २२ हजारभन्दा बढी पटक किनबेच हुँदा जम्मा एक अर्ब ४ करोड ४६ लाख रुपैयाँको कारोबार भएको हाे । आज १३ वटै उपसूचकमा हरियाली छाएकाे छ ।

आज कारोबार भएका मध्ये बलेफी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ५.९२ प्रतिशतले वृद्धि हुँदा बैलुङ खाचेला जलविद्युत् कम्पनीको सेयर मूल्य  ५.८४ प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य भने ७.१३ प्रतिशतले गिरावट भएको छ । लक्ष्मी लघुवित्तको सेयर मूल्य ३.४९ प्रतिशतले गिरावट भयो ।

प्रकाशित समय : २१:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु