काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

५५६ पालिकाको परिणाम घोषणा, कुन दल कति स्थानमा विजयी ?

15.29K
shares

वैशाख ३० गते भएको स्थानीय तह चुनावको बिहीबार बिहान ८ बजेसम्मको नतिजा अनुसार ५५६ पालिकाहरुको चुनावी परिणाम घोषणा भएको छ । जसमा नेपाली कांग्रेसले २४५ पालिका प्रमुख जिल्दै पहिलो स्थानमा आएको छ । त्यसैगरी १५५ पालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

पाँच वर्षअघि भएको स्थानीय चुनावमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेको थियो । ७ सय ५३ मध्ये नेकपा माओवादी केन्द्रले १०२ स्थानमा जित हासिल गरेको छ । यसअघि भएको स्थानीय तह चुनाव माओवादी केन्द्र तेस्रो स्थानमा रहेको थियो । अहिले पनि माओवादी तेस्रो स्थानमै छ ।

जनता समाजवादी पार्टीले २६, नेकपा एकीकृत समाजवादीले १० र लोकतन्त्रिक समाजवादी पार्टीले १ स्थानीय तह प्रमुख जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवारहरुले १६ स्थानीय तहको प्रमुख जितेका छन् ।

अझै १९७ पालिकाहरुको नतिजा आउन बाँकी छ । जसमध्ये ७३ स्थानीय तहमा नेपाली काँग्रेसले अग्रता लिइरहेको छ ।