nmb bank

गृहपृष्ठ निर्वाचनमा याेजनावद्ध धाँधली भयाे : एमाले

निर्वाचनमा याेजनावद्ध धाँधली भयाे : एमाले

निर्वाचनमा याेजनावद्ध धाँधली भयाे : एमाले

स्थानीय तहको निर्वाचनअन्तर्गत देशभर मतगणना कार्य जारी रहँदा नेकपा एमालेले निर्वाचन प्रक्रियामै धाँधली भएको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै एमालेले सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीको साहारा लिएको आरोप लगाएका छन् ।

निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्नका लागि दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभ्रेकाे पाँचखाल, बाराको पचरौता, अछामको साफेबगर, पञ्चदेवल बिनायक, मंगलसेन, बझाङको छबिसपाथिभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनिया लगायतक स्थानमा बुथ कब्जा गर्ने कार्य भएको आरोप लगाइएको छ ।

सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको एमालेकाे आरोप छ । 'हामीले निर्वाचन आयोगलाई अचारसंहितामा भएको त्रुटि सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने सत्ता गठबन्धन दलका नेताहरुका निरन्तर आचारसंहिता विपरीत कार्यप्रति नेकपा (एमाले) खेद व्यक्त गर्दछ,' विज्ञप्तिमा भनिएको छ ।

एमालेले निर्वाचन सुरु हुनुभन्दा अगाडि, मतदानको समयमा र मतगणनाको समयलाई छुट्टा-छुट्टै बुँदामा उल्लेख गर्दै धाँधलीको आरोपलाई पुष्टि गर्ने प्रयत्न गरेको छ । एमालेले स्वच्छ निर्वाचन गर्न केही स्थानमा पुनः मतदानको माग समेत गरेको छ । ‘केही स्थानमा मतगणना गर्दा खसेको मतभन्दा बढी मत बाकसमा फेला परेको, कतिपय स्थानमा मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगर्ने, गलत स्थानमा हस्ताक्षर गर्ने कार्य भए,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति :

प्रकाशित समय : २३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु