global ime bank Long Banner Ad

गृहपृष्ठ गुल्मीदरबार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी, बहुमत वडामा विजयी

गुल्मीदरबार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी, बहुमत वडामा विजयी

गुल्मीदरबार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी, बहुमत वडामा विजयी

गुल्मीको गुल्मीदरबार गाउँपालिका कांग्रेसले जितेको छ । नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको हो । गाउँपालिकाको अध्यक्षमा सरोज थापा निर्वाचित भएका छन् । उनले ६ हजार १६६ मत प्राप्त गरे ।

उनकी प्रतिष्पर्धी एमालेका कृष्ण भुसालले ५ हजार ६०२ मत प्राप्त गरे । यता, उपाध्यक्षतर्फ कांग्रेस उमेदवार तारा थापा विजयी भइन् । उनले ६१८८ मत प्राप्त गर्दा एमाले उमेदवार सुशिला पुनले ५ हजार ५८९ मत प्राप्त गरिन् ।

७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमाले विजयी भयो ।

प्रकाशित समय : १४:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु