गृहपृष्ठ मोरङको मिक्लाजुङमा शक्तिशाली विष्फोट

मोरङको मिक्लाजुङमा शक्तिशाली विष्फोट

मोरङको मिक्लाजुङमा शक्तिशाली विष्फोट

स्थानीय तह निर्वाचनको मुखमै मोरङको दुर्गम मिक्लाजुङ गाउँपालिकामा बुधबार राति शक्तिशाली विष्फोट भएको छ । प्रहरीका अनुसार विष्फोट गराइएको स्थानको पहिचान हुन बाँकी छ । मिक्लाजुङ-१ को सरस्वती आधारभूत विद्यालयका शिक्षक मदन श्रेष्ठका अनुसार राति ११ देखि १२ बजेको बीचमा विष्फोटको ठूलो आवाज आएको थियो ।

‘रातको समयमा कहाँ विष्फोट गराइएको हो भन्ने यकिन भइसकेको छैन,’ उनले भने, विष्फोटको घटनापछि स्थानीय त्रसित बनेका छन् ।’ यसैबीच मिक्लाजुङ-१ बर्खेमा बिहीबार बिहान बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।

विद्यालयबाट लगभग ५० मिटर दूरीको सडकमा प्रेसर कुकर फेला परेको हो । खतरा भनेर लेखिएको र तारहरु बाहिर निकालेर सडकमा छाडिएको अवस्थामा प्रेसर कुकर भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित समय : १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु