गृहपृष्ठ एमाले वीरगञ्ज महानगरका मेयर उम्मेदवार सरावगीलाई आयोगको स्पष्टीकरण

एमाले वीरगञ्ज महानगरका मेयर उम्मेदवार सरावगीलाई आयोगको स्पष्टीकरण

एमाले वीरगञ्ज महानगरका मेयर उम्मेदवार सरावगीलाई आयोगको स्पष्टीकरण

नेकपा एमाले वीरगञ्ज महानगरका मेयर उम्मेदवार विजय सरावगीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले पर्साको वीरगञ्ज महानगरपालिकाका उम्मेदवार सरागवीलाई निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घन्टे स्पष्टीकरण सोधेको हो ।

जनता समाजवादी पार्टी नेपालका वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ईश्वरचन्द्र यादवको उजुरीका आधारमा आयोगले सरावगीलाई जवाफ माग गरेको हो ।

सरागवीले वैशाख २६ गते राति १२ः३० बजे महानगरको वडा नं. १६ स्थित एक मतदाताको घरमा प्रवेश गरी मत खरिद गर्न नगदको लेनदेन गरेकाले निजको उम्मेदवारी खारेजीको माग गरेर उजुरी प्राप्त भएको थियो ।

प्रकाशित समय : १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु