nmb bank

गृहपृष्ठ भक्तपुरको जगाती नाका भएर बाहिरिए १७ हजार बढी मतदाता

भक्तपुरको जगाती नाका भएर बाहिरिए १७ हजार बढी मतदाता

भक्तपुरको जगाती नाका भएर बाहिरिए १७ हजार बढी मतदाता

काठमाडौँ उपत्यकाको पूर्वी नाका भक्तपुरबाट बुधबार हजारौँ मतदाताहरु बाहिरिएका छन् । अरनिको राजमार्ग प्रयोग गरेर जिल्लाका विभिन्न ठाउँहरूमा डेरा गरी बस्ने मतदाताहरू अरनि राजमार्गअन्तर्गत जगाती नाका हुँदै बाहिरिएका हुन् ।

 आ–आफनो घर जानका लागि मतदातहरू बुधबार बिहानदेखि ठाउँठाउँमा भेला भएर बसेका देखिन्थे । यो क्रम बुधबार दिनभर देखियो । भक्तपुरबाट अरनि तथा विपी राजमार्ग भएर देशका पूर्वी जिल्लाहरूमा जान सकिन्छ ।  

काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलीसहित प्रदेश १  र मधेस प्रदेशका जिल्लामा जाने मतदाताहरू भक्तपुरको नाका भएर बुधबार बाहिरिएका हुन् ।  जगाती नाका भएर बुधबार नौ सय दुई वटा सवारीसाधनबाट १७ हजार ६९ यात्रु बाहिरिएको जिल्ला टाफिक कार्यालय सल्लाघारी भक्तपुरले जनाएको छ । 

शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि बिहीबार पनि भक्तपुरसहित काठमाडौँ उपत्यकाबाट हजारौँ यात्रु बाहिरिने अनुमान गरिएको छ । 

प्रकाशित समय : २३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु