गृहपृष्ठ दोहोरो अंकले बढ्याे नेप्से, सबै उपसूचकमा हरियाली
दोहोरो अंकले बढ्याे नेप्से, सबै उपसूचकमा हरियाली
साताको तेस्रोदिन मंगलबार नेप्से परिसूचकमा दोहोरो अंकले वृद्धि भएको छ । आइतबार र सोमबार सामान्य अंकले बढेको नेप्से परिसूचक आज मंगलबार ४४.१६ अंकले बढेको हो । यससँगै आज २३१३ को विन्दुमा पुगेको छ ।
मंगलबार कारोबारमा आएका २२६ कम्पनीको ३३ लाख ३० हजार कित्ता सेयर एक अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार १ अर्ब ३९ करोड रुपैयाँ बराबर भएको थियो । नेप्सेका १३ वटा उपसूचक सबैमा हरियाली छाएको छ । मंगलबार चारवटा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा बरुण हाइड्रो पावर, ङादी, जालपा लघुवित्त र युनिभर्सल रहेको छ ।
त्यस्तै सेयर दोहोरो अंकले बढ्दा पनि एनआइबीएलले ५, उन्नति सहकार्यले २.५२ र नबिल डेभेन्चरले २ प्रतिशत गुमाएका छन् । मंगलबारबार कारोबार रकमका आधारमा १० करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेर ङादी ग्रुप शीर्षस्थानमा रहेको छ ।
प्रकाशित समय : २२:१७ बजे



















