गृहपृष्ठ लन्डनको स्पा ब्रान्ड ‘नौद थाई’ र ‘माइ थाई’ रेष्टुराँ अब काठमाडाैंमा
लन्डनको स्पा ब्रान्ड ‘नौद थाई’ र ‘माइ थाई’ रेष्टुराँ अब काठमाडाैंमा
लन्डनको स्पा ब्रान्ड ‘नौद थाइ’ र ‘माइ थाई’ रेष्टुरेन्टको भव्य उद्घाटन भएसँगै पूर्ण रुपमा सञ्चालनमा आएको छ । काठमाडौंको पानीपोखरी लाजिम्पाटमा खुलेको नौद थाई स्पा र माइ थाई रेष्टुराँको उद्घाटन नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासावले गरेका हुन् ।
नौद थाई स्पा सञ्चालनमा आए पनि आधिकारिक रुपमा उद्घाटन गरिएको थिएन । नेपालका लागि थाइल्याण्डका राजदूत भोरासावले उद्घाटन गरेसँगै स्पा र रेष्टुरेण्ट पूर्ण रुपमा सञ्चालनमा आएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भोसिताले नौद थाई स्पा उद्घाटन गर्न पाउँदा धेरै खुसी लागेको बताए। उद्घाटन कार्यक्रममा विभिन्न थाइ सांगीतिक प्रस्तुति समेत रहेको थियो ।
नौद थाई स्पाले नेपालमा नै अन्तर्राष्ट्रियस्तरको स्पा, मसाज तथा वेलनेस सेन्टरको सुविधा दिइरहेको छ। काठमाडौंका मानिसहरुको जीवन अत्यन्तै व्यस्त भइरहेको सन्दर्भमा स्पा, मसाज तथा ‘बडी केयर वेलनेस’ले शरीर तन्दुरुस्त बनाउने गर्दछ । नौद थाई स्पाले अल इन वान सेवा उपलब्ध गराउँदै आएको छ । जसमा मसाज, स्टिम, साउना, ज्याकुजी, हेयर सलुन, कलरिङ, फेसियल, मेनिक्युर, पेडिक्युर लगायतका सुविधाहरु पाउन सकिन्छ ।
हाल नौद थाई स्पा बेलायतको आठवटा विभिन्न स्थानहरुबाट सेवा दिँदै आएको र काठमाडौंमा खोलिएको नौद थाई स्पा ग्लोबल आउटलेटको एक आउटलेट रहेको छ । नौद थाई स्पामा आएका ग्राहक दोहोरिएर आएको र यहाँको सेवा अन्तर्राष्ट्रिय स्तरको रहेको पाइएको छ । स्पा र रेष्टुरेण्टको सेवाबाट ग्राहकहरु उच्चतम सन्तुष्ट हुने विश्वास लिइएको छ । साथै थाइ परिकारको अथेण्टिक खाना खुवाउने लक्ष्य माई थाईले लिएको छ ।
यसका लागि माइ थाईले थाइल्याण्ड देशबाट नै सेफ हायर गरी ल्याइएको हो । थाई परिकार मन पर्नेहरुले एकपल्ट माइ थाई रेष्टुरेण्ट आएर उपलब्ध सेवा लिन सक्नेछन् ।

प्रकाशित समय : २२:०६ बजे



















