जिम्बावेविरुद्ध नेपालले फिल्डिङ रोज्यो
वि.सं.२०७९ वैशाख २६ सोमवार १९:१७
shares

जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण पानी जमेपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर ३३ ओभरमा झारिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
दुवै टोली आफनो अन्तिम खेलमा विजयी हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रदैछन् । एकदिवसीय सिरिज एक-एकको बराबरीमा सकिएको थियो । पहिलो खेलमा जिम्बावे ‘ए’ ३ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले नौ विकेटको जित हात पारेको थियो ।
त्यसअघि तीन टी-ट्वान्टी सिरिज पनि भएको थियो । सो खेल एक-एकको बराबरीमा सकिएको थियो भने एक खेल वर्षाका कारण रोकिएको थियो । 'आइसीसी पुरुष क्रिकेट विश्वकप लिग टु'अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’सँग सिरिज खेलिरहेको हो ।

























