गृहपृष्ठ गोल्डेन गेट र जेभियर फाइनलमा

गोल्डेन गेट र जेभियर फाइनलमा

गोल्डेन गेट र जेभियर फाइनलमा

गोल्डेन गेट इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज पाँचौँ नारायणप्रसाद स्मृति अन्तर कलेज बास्केट बल प्रतियोगिताको पुरुषतर्फ आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

गोल्डेनगेटले नाथमलाई ६१–५३ ले पराजित गर्‍यो । गोल्डेनगेटको जितमा अभिषेक सिंहले १९ अंक योगदान गरे । सुरुका तीन क्वाटरमा गोल्डेन गेटले क्रमशः १७–५, १६–११ र २०–१३ को अग्रता लिएको थियो । चौथो तथा अन्तिम क्वाटर नाथमले २१–८ ले आफ्नो पक्षमा पारेपनि जितका लागि पुगेन ।

अर्को सेमिफाइनलमा रवि पौडेलको १४ अंक सहयोगमा जेभियरले आयोजक क्वेस्ट इन्टरनेसनल कलेजलाई ५०–२७ ले हरायो । चौथो क्वाटर १०–१० को बराबरीमा टुंगियो भने बाँकीमा जेभियर अगाडि रह्यो । जेभियरले पहिलोमा १०–६, दोश्रोमा २१–८ र तेश्रोमा ९–३ को प्रदर्शन गर्‍यो ।

महिलातर्फ नाथम र शुभश्रीले उपाधि भिडन्त पक्का गरिसकेका छन् । राउन्ड रोविन लिगमा नाथम पहिलो र शुभश्री दोस्रो हुँदै फाइनल पुगेका हुन् । फाइनल सोमबार हुने छ ।

ब्वाइजको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार हात पार्ने छन् । गर्ल्समा पहिलो हुनेले ३० हजार र दोस्रोले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दुवैका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही पाँच हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रकाशित समय : २३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु