काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बैंक अफ काठमाण्डूका ग्राहकलाई हस्पिटलदेखि हाेटलमा ४५ प्रतिशतसम्म छुट

12.37K
shares

बैंक अफ काठमाण्डूले विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पतालसँग सम्झौता गरेको हो । आफ्ना कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउन बैंकले सम्झाैता गरेकाे हाे ।

सम्झौताअनुसार बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले होटल तथा रेस्टुरेन्टअन्तर्गत विराटनगरकाे पर्पल हेज रेष्ट्रो एण्ड गार्डेन, एयरपोटचोकमा १५%, विर्तामाेडकाे मिठाे रेष्टुरेन्ट एण्ड थकाली किचनमा १०%, मिटिङ पोइन्ट रेष्टुरेन्ट एण्ड बार,५ प्रतिशत, नोबल होटल एण्ड स्विमिङ कम्पलेक्स इमाडोलमा १०%, होटल अर्थ लाइट, सौरहामा २०%, चिकन स्टेसन इमाडोलमा १०% तथा सोलमारी रेष्ट्रो एण्ड मिटिङ इमाडोलमा १५% को छुट पाउनेछन् ।

यस्तै अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकअन्तर्गत बिर्तामाेडकाे मेडिसिटी फार्मेसीमा १०%, जनकपुरकाे रामजानकी हस्पिटलमा १५% तथा नमो मनकामना डेन्टल एण्ड क्लिनिक इमाडोलमा २५% छुटको व्यवस्था रहेको छ । यसका साथै, बुटिकअन्तर्गत बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले विराटनगरको पिपलचोकमा रहेको तानास्क्वा फेसन स्टुडियोमा १५% छुट पाउनेछन् भने जिम/फिटनेस सेन्टरअन्तर्गत ढल्कोमा रहेकाे सेपस फिटनेस जिमकाे विभिन्न योजनामा ४५% सम्मको छुटकाे व्यवस्था रहेको छ ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।