गृहपृष्ठ एनएमबी बैंकका ग्राहकले योयो जिपलाइनमा छुट पाउने
एनएमबी बैंकका ग्राहकले योयो जिपलाइनमा छुट पाउने

एनएमबी बैंकका ग्राहकले योयो जिपलाइनमा सेवा लिँदा छुट पाउने भएका छन् । यसका लागि बैंक र कम्पनीबीच सम्झौता भएको छ ।
कम्पनीअन्तर्गत उपलब्ध स्काइ साइक्लिङ, जिपलाइन, स्वीङ, क्यानोपी र रेष्टुराँ एण्ड कफी शपमा सेवा लिँदा छुट पाइनेछ । बैंकका ग्राहकहरुले भिजा कार्डबाट भुक्तानी गर्दा बिदाको दिनबाहेक १२ प्रतिशतसम्म छुट पाउने सम्झाैता भएकाे हाे ।
सम्झौतापत्रमा बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र कम्पनीका अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।
प्रकाशित समय : २२:०९ बजे