nmb bank

गृहपृष्ठ पूर्वी नवलपरासीमा कांग्रेस र एमालेबीच झडप

पूर्वी नवलपरासीमा कांग्रेस र एमालेबीच झडप

पूर्वी नवलपरासीमा कांग्रेस र एमालेबीच झडप

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका-१ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ ।

झडपमा कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड गरिएको छ ।  पाण्डे २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् ।

उनी अहिले पनि कांग्रेसको तर्फबाट उम्मेदवार छिन् । एमालेबाट चेतबहादुर राना उम्मेदवार छन् ।

प्रकाशित समय : १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु