काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मिक्सरमा लुकाएको सय ग्राम सुनसहित विमानस्थलबाट युवक पक्राउ

15.14K
shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मिक्सरमा लुकाएर ल्याएको सुनसहित एक पुरूष पक्राउ परेका छन् ।

मंगलबार बिहान करिब ७ बजे कुवेतबाट जजिरा एअरमार्फत काठमाडौं आएका रुपन्देहीका २८ बर्षीय सरोज कार्कीलाई सुनसहित पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए ।

विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्ने क्रममा उनले ल्याएको मिक्सरको भित्री भागमा फल्स बटम बनाइ करिब १०० ग्राम सुनलाई बाहिर कालो टेपले बेरेर लुकाइ ल्याएको फेला परेको थियो ।

भन्सार ऐन, २०६४ तथा आर्थिक ऐन, २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउँदा भन्सार कार्यालयमा घोषणा गरी भन्सार राजस्व तिरेर ल्याउन पाउने कानूनी व्यवस्था छ ।

त्यसरी राजस्व तिर्दा १०० ग्राम सुनको रु।१ लाख ५६५ राजस्व तिर्नुपर्ने हुन्थ्यो ।