काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रुसी इन्धन रोक्न जुटेन सहमति

17.64K
shares

युक्रेनमाथि आक्रमण सुरु गरेपछि रुसविरुद्ध एक भएको युरोपेली संघ (ईयू) रुसी इन्धन आपूर्ति रोक्ने विषयमा भने विभाजित देखिएको छ । जर्मनीका अर्थमन्त्री रोबर्ट हबेकले रुसी ग्यास र तेल आपूर्ति तत्काल बन्द गर्न नसकिने जनाएका छन् ।

उनले तत्काल आपूर्ति बन्द गर्न सम्भव नरहेको तर चरणबद्ध रूपमा आपूर्ति कम गर्दै लग्ने विषयमा सहमति जनाउन सकिने बताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । सन् २०२० मा रुसबाट सबैभन्दा बढी जर्मनीले इन्धन आयात गरेको थियो । उक्त वर्ष जर्मनीले ४२.६ क्युबिक मिटर ग्यास आयात गरेको थियो ।

हंगेरीले पनि तत्काल रुसी इन्धन आयातमा रोक लगाउन नसकिने जनाएको छ । रुसी इन्धन खपत गर्ने देशको सूचीमा हंगेरी छैटौं स्थानमा छ । उसले सन् २०२० मा ११.६ क्युबिक मिटर ग्यास आयात गरेको बीबीसीले उल्लेख गरेको छ । सन् २०१९ को तथ्यांकअनुसार युरोपेली संघमा खपत हुने जम्मा ग्यासमध्ये ४१ प्रतिशत रुसबाट आयात गरिएको थियो ।

युरोपेली आयोगले रुसी इन्धन रोक्ने विषयमा भने सदस्य राष्ट्रहरूसँग छलफल जारी रहेको जनाएको छ । पोल्यान्डले भने रुसी तेलको आयात रोक्नुपर्ने विषयमा प्रस्ट अडान राखेको बीबीसीले जनाएको छ ।