nmb bank

गृहपृष्ठ प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिन : प्रचण्ड

प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिन : प्रचण्ड

प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा आह्वान गरेका छन् । दिवसका अवसरमा शुभकामना दिंदै प्रचण्डले श्रमजीवि समुदाय र सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई प्रतिगमनकारी विरुद्ध नयाँ संकल्प लिन आग्रह गरेका छन् ।

उनले शुभकामना सन्देशमार्फत् भनेका छन्, ‘आजको दिन प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा सबै श्रमजीवि जनसमुदाय, सच्चा कम्युनिष्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधरहरुलाई विशेष आग्रह गर्दछु ।’

संविधानको पूर्ण कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय तह निर्वाचनको संघारमा रहेको उल्लेख गर्दै प्रचण्डले आगामी दिनमा श्रमजीवि वर्गले स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि नेतृत्वदायी भूमिका खेल्न सकोस् भनेर शुभकामना पनि दिएका छन् ।

प्रकाशित समय : १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु