nmb bank

गृहपृष्ठ गभर्नर अधिकारीको रिटमा अन्तरिम आदेशलाई सर्वोच्चले दियो निरन्तरता

गभर्नर अधिकारीको रिटमा अन्तरिम आदेशलाई सर्वोच्चले दियो निरन्तरता

गभर्नर अधिकारीको रिटमा अन्तरिम आदेशलाई सर्वोच्चले दियो निरन्तरता

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरिएको निलम्बन फुकुवा गरेको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले निरन्तरता दिएको छ ।

आफूलाई गरिएको निलम्बनविरूद्ध अधिकारीले दिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले दिएको अन्तरिम आदेश न्यायाधीश सपना प्रधान मल्ल र टंक मोक्तानको इजलासले निरन्तरता दिएको हो । दुवै पक्ष बहस सुनेपछि उक्त आदेश गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

सरकारले गभर्नर अधिकारीलाई  चैत २५ गते निलम्बन गरेको  थियो । तर त्यसविरुद्ध उनले वैशाख ४ गते रिट निवेदन दिएका थिए । न्यायाधीश हरिप्रसाद फुयाँलको वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्किएका थिए ।

प्रकाशित समय : २३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु