गृहपृष्ठ उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिन सक्ने, आजै अन्तिम नामावली प्रकाशन
उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिन सक्ने, आजै अन्तिम नामावली प्रकाशन
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेलाई निर्वाचन आयोगले आज साँझ ५ बजेसम्मको समय उपलब्ध गराएको छ ।
उम्मेदवारी फिर्ताको समय सकिएलगत्तै आयोगले अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो । देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उमेदवारी दर्ता भएको थियो ।
ती उम्मेदवारीमाथि परेका दावी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेको आयोगले बिहीबार साँझ उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको थियो ।
प्रकाशित समय : १३:०७ बजे

















