गृहपृष्ठ कुन स्थानीय तहमा कति उम्मेदवार ? (सूचीसहित)
कुन स्थानीय तहमा कति उम्मेदवार ? (सूचीसहित)
यही वैशाख ३० गते हुन लागेकाे स्थानीय तहकाे निर्वाचनमा १ लाख ५३ हजार २ जना उम्मेदवारहरूको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएकाे छ । याे तथ्यांक बिहीबार दिउँसाे ३:३० बजेसम्म आयोगकाे प्रणालीमा प्रविष्ट भएकाे आधारमा सार्वजनिक गरिएकाे हाे ।
तथ्यांकअनुसार प्रमुखमा ३ हजार ५ सय १०, अध्यक्षमा ३ हजार ३ सय ७, उपप्रमुखमा २ हजार १ सय ६, उपाध्यक्षमा २ हजार ४ सय १ जनाले मनाेनयन दर्ता भएकाे आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार वडा अध्यक्षमा ३५ हजार ३ सय ५३, महिला सदस्यमा २६ हजार ५ सय ३२, दलित महिला सदस्यमा २३ हजार ९ सय ३१ र सदस्यमा ५५ हजार ७ सय २० जनाको मनोनयन दर्ता भएको छ ।
आयोगले ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सकिएकाे पनि जानकारी दिएकाे छ । यस्तै आयोगले ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिसकेकाे छ । बाँकी मतपत्र पनि क्रमशः छपाइ र ढुवानी भइरहेको आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिए ।
उम्मेदवार सूची :
प्रकाशित समय : ०४:४५ बजे

















