गृहपृष्ठ साढे ८ बजेसम्म मनोनयन दर्ता गराउनेको संख्या ८२,२१०
साढे ८ बजेसम्म मनोनयन दर्ता गराउनेको संख्या ८२,२१०
निर्वाचन आयोगको सोमबार साँझ साढे ८ बजेसम्मको विवरणअनुसार स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा ८२ हजार २ सय १० जनाले मनोनयन दर्ता गराएका छन् । आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा प्रमुखका लागि २३४३ र अध्यक्षका लागि २४९७ जनाले मनोनयन दर्ता गराएका छन् ।
यस्तै, उपप्रमुखका लागि १४४५, उपाध्यक्षका लागि १७२६, वडाध्यक्षका लागि २० हजार १ सय ७६, महिला सदस्यका लागि १३ हजार ५ सय ५४ र दलित महिला सदस्यका लागि १२ हजार १ सय ८१ जनाले मनोनयन दर्ता गराएका छन् । वडा सदस्यका लागि २८ हजार २ सय ८८ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित समय : ०३:१६ बजे



















