गृहपृष्ठ डिशहोमका यी ग्राहकले जिते एक लाख रूपैयाँ
डिशहोमका यी ग्राहकले जिते एक लाख रूपैयाँ

डिशहोमका दुई ग्राहकले नगद १/१ लाख रुपैयाँ जितेका छन् । कम्पनीको डीटीएच सेवाका ग्राहकले लक्की ड्रमार्फत लाख-लाख रुपैयाँ जितेका हुन् ।
डिशहोमले १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउने र हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले एक लाख जित्ने अवसर दिएको थियो ।
यसै योजनाअन्तर्गत वैशाख ५ गते र वैशाख १२ गते गरिएको लक्की ड्रमा क्रमशः क्यास आइडी ७१९००८३१०४२ र ०२५६४२५१७०३ भएका ग्राहकहरुले एक-एक लाख जित्न सफल भएको कम्पनीले जनाएको छ । डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाइकहाँ गएर डिशहोमको फण्ड ट्रान्सफरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ ।
यस लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ ।
प्रकाशित समय : ०३:३१ बजे