global ime bank Long Banner Ad

गृहपृष्ठ डिशहोमका यी ग्राहकले जिते एक लाख रूपैयाँ

डिशहोमका यी ग्राहकले जिते एक लाख रूपैयाँ

डिशहोमका यी ग्राहकले जिते एक लाख रूपैयाँ

डिशहोमका दुई ग्राहकले नगद १/१ लाख रुपैयाँ जितेका छन् । कम्पनीको डीटीएच सेवाका ग्राहकले लक्की ड्रमार्फत लाख-लाख रुपैयाँ जितेका हुन् ।

डिशहोमले १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउने र हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले एक लाख जित्ने अवसर दिएको थियो ।

यसै योजनाअन्तर्गत वैशाख ५ गते र वैशाख १२ गते गरिएको लक्की ड्रमा क्रमशः क्यास आइडी ७१९००८३१०४२ र ०२५६४२५१७०३ भएका ग्राहकहरुले एक-एक लाख जित्न सफल भएको कम्पनीले जनाएको छ । डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाइकहाँ गएर डिशहोमको फण्ड ट्रान्सफरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ ।

यस लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ ।

प्रकाशित समय : ०३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु