nmb bank

गृहपृष्ठ सर्वोत्तम स्टिल र जगदम्बा सिमेन्टद्वारा आयोजित प्राविधिक कार्यक्रम सम्पन्न

सर्वोत्तम स्टिल र जगदम्बा सिमेन्टद्वारा आयोजित प्राविधिक कार्यक्रम सम्पन्न

सर्वोत्तम स्टिल र जगदम्बा सिमेन्टद्वारा आयोजित प्राविधिक कार्यक्रम सम्पन्न

सौरभ ग्रुप अन्तर्गतको गुणस्तरीय फलामे छड उत्पादक सर्वोत्तम स्टिलले इन्जिनियर तथा ठेकेदारलाई लक्षित गर्दै प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ । जगदम्बा सिमेन्टसँगको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमको मुख्य उद्देश्य इन्जिनियर तथा ठेकेदारलाई गुणस्तरीय घर निर्माणसम्बन्धी जानकारी तथा प्राविधिक ज्ञान प्रदान गर्नु थियो ।

कार्यक्रममा सर्वोत्तम स्टिलको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले इन्जिनियर तथा ठेकेदारलाई सर्वोत्तम स्टिलको गुणस्तरीयता तथा प्राविधिक विवरणबारे जानकारी दिए । त्यसैगरी, जगदम्बा सिमेन्टको तर्फबाट कम्पनीका डीजीएम चिरञ्जीवी घिमिरेले जगदम्बा सिमेन्टको बारेमा जानकारी दिए ।

सो कार्यक्रम विर्तामोड, इटहरी र लहान गरी तीन स्थानहरूमा आयोजना गरिएको थियो । गत चैत्र २१ गते विर्तामोडमा भएको कार्यत्रममा १२० जनाको सहभागीता थियो भने चैत २३ गते इटहरीमा भएको कार्यक्रममा १२९ जना इन्जिनियर तथा ठेकेदारको सहभागीता थियो । त्यसैगरी, चैत्र २५ गते भएको कार्यक्रममा १३७ जनाको सहभागीता थियो । कार्यक्रम आयोजना भएको प्रत्येक स्थानमा कम्पनीले लक्की ड्रमार्फत एक जनालाई स्मार्ट टीभी उपहार समेत दिएको छ ।

सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम स्टसल एफई ५०० फलामे डण्डी (सर्वोत्तम सुपर ग्रिप) नयाँ जमानाको यस्तो फलामे डण्डी हो, जसले सर्वोत्तम लचकता तथा मजबुतीलाई एकसमान रुपमा प्रस्तुत गरेको छ । यो फलामे डण्डी आफ्तो डायमण्ड रिबका कारण अन्य फलामे डण्डीभन्दा फरक छ ।

प्रकाशित समय : १८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु