गृहपृष्ठ श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने सिरहा लाहान नगरपालिका-७ घर भएका ४२ वर्षीय प्रबिन चौधरी रहेका छन् ।
उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै श्रीमतीलाई सुतिरहेको अवस्थामा शरिरमा तारपिन नामक तेल खन्याई आगो लगाएको प्रहरीले जनाएको छ ।
घाइते अवस्थामा स्थानीय मानिसहरुले फेला पारी घाइतेलाई उपचारको लागि शुस्मा मेमोरियल अस्पताल साँखु लगेका थिए । अस्मिताको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले प्रबिनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १८:४१ बजे


















