काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

20.39K
shares

३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने सिरहा लाहान नगरपालिका-७ घर भएका ४२ वर्षीय प्रबिन चौधरी रहेका छन् ।

उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै श्रीमतीलाई सुतिरहेको अवस्थामा शरिरमा तारपिन नामक तेल खन्याई आगो लगाएको प्रहरीले जनाएको छ ।

घाइते अवस्थामा स्थानीय मानिसहरुले फेला पारी घाइतेलाई उपचारको लागि शुस्मा मेमोरियल अस्पताल साँखु लगेका थिए । अस्मिताको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले प्रबिनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।