nmb bank

गृहपृष्ठ एनएमबी बैंकले वितरण गर्‍यो सर्लाहीका विद्यार्थीलाई स्कुल ब्याग

एनएमबी बैंकले वितरण गर्‍यो सर्लाहीका विद्यार्थीलाई स्कुल ब्याग

एनएमबी बैंकले वितरण गर्‍यो सर्लाहीका विद्यार्थीलाई स्कुल ब्याग

एनएमबी बैंकले सामाजिक दायित्वअन्तर्गत पुकु दिदी फाउण्डेशन र बागमती माध्यामिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको छ । वितरणको क्रममा बैंकको तर्फबाट मधेस प्रदेश प्रमुख कमल पोख्रेलसहित शाखा प्रबन्धकहरू विवेक झा, अर्जुन ठाकुर र कर्जा अधिकृत पवन मिश्र उपस्थित थिए भने पुकु दिदी फाउण्डेशनबाट शोभा पौडेल लगायत सदस्यहरू उपस्थित थिए । 

बैंकले स्कुल ब्याग, इन्भर्टर र ब्याट्री वितरण गरेको हो । उक्त कार्यक्रममा प्रदेश प्रमुख पोख्रेलले उक्त सहकार्यले विद्यार्थीमा पठन-पाठनमा सहज हुने विश्वास व्यक्त गरे । बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटीएम, ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय : १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु