काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

४०औँ दिनमा सकियो ‘परस्त्री’ को छायांकन

15.39K
shares

चलचित्र ‘परस्त्री’ को छायांकन ४०औं दिनमा टुंगिएको छ । शनिबारबाट बालाजुस्थित चलचित्र विकास कम्पनीमा अन्तिम दृश्य छायांकन गर्दै चलचित्रको छायांकन सकिएको हो । उक्त चलचित्र सुरज पाण्डेको निर्देशनमा बनेको हो । उनले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यू गर्न लागेका हुन् । काठमाडौंबाट छायांकन सुरु भएको चलचित्र मुस्ताङपछि फेरि काठमाडौंमै आएर सम्पन्न भएको हो ।

नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण हुन लागेको चलचित्र डीएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रका लेखक तथा निर्माता दीपेन्द्र के खनाल रहेका छन् भने चलचित्रकी निर्माता शर्मिला पाण्डे हुन् । फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।