global ime bank Long Banner Ad

गृहपृष्ठ सामसङको नयाँ ३ स्मार्टफोन सार्वजनिक, कति पर्छ मूल्य ?

सामसङको नयाँ ३ स्मार्टफोन सार्वजनिक, कति पर्छ मूल्य ?

सामसङको नयाँ ३ स्मार्टफोन सार्वजनिक, कति पर्छ मूल्य ?

सामसङले ३ नयाँ मोडलका स्मार्टफोन नेपाली बजारमा लन्च गरेको छ । नयाँ ग्यालेक्सी ए सिरिजको स्मार्ट फोन बजारमा लन्च गरिएको हो ।

सामसङ इलेक्ट्रोनिक्स कम्पनीले आज पत्रकार सम्मेलन गरी ग्यालेक्सी ए७३ ५जी, क्यालेक्सी ए५३ ५जी र ग्यालेक्सी ए३३ ५जी बजारमा ल्याएको हो । सामसङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष सङजन पार्क, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र विस्तारित सामग्री सर्जक आकृति राजभण्डारीले संयुक्त रुपमा नयाँ मोडलको स्मार्ट फोन लन्च गरेका हुन् । कार्यक्रममा प्रणय रत्न स्थापितले ग्यालेक्सी ए सिरिज बिल्कुलै नयाँ प्रोसेसरद्वारा पावर्ड गरिएको जानकारी दिँदै  यसको पहिचान ओआइएसयुक्त एआइ क्यामरा, व्यापकता र चिल्लो डिस्प्ले, आइपि ६७ रेटिङ र धेरै समय चल्ने ब्याट्री जडित भएको बताए ।

यस्तै नयाँ ग्यालेक्सी ए सिरिजमा ५जी कनेक्टिभिटी, रक्षात्मक ग्रेड सुरक्षा, वातावरण सचेत, स्टाइलिस र छरितो डिजाइन र उन्नत सम्पर्क अनुभव पनि रहेका छन् । साथै सबै उपकरणहरूले मोबाइल अनुभव सधैं नै अद्भूत भएको सुनिश्चित गर्न वान युआइ र चौथों पुस्ताको स्तरोन्नति गरिएको एण्ड्रोइड ओएस र सुरक्षालाई पनि निरन्तर समर्थन गर्छन् ।

ग्यालेक्सी ए७३को मूल्य ७२,९९९ रुपैयाँ तोकिएको छ भने यो खैरो, पुदिना र श्वेत कलरमा उपलब्ध छ । यस्तै ग्यालेक्सी ए५३ को मूल्य ५५,९९९ रुपैयाँमा छ भने यो कालो, नीलो र आरु कलरमा उपलब्ध रहेको छ । यसैगरी ग्यालेकसी ए३३ को मूल्य ४६,९९९ रुपैयाँ रहेको छ भने  यो पनि कालो, नीलो र आरु कलरमा उपलब्ध रहेको छ । यी उत्पादन खरीद गर्न सहज होस् भन्नको लागि सामसङले मासिक किस्ता (इएमआई)को सुविधा पनि ल्याएको छ । यस्तै चुनिएका स्टोरहरुबाट एक्सेञ्ज सुविधा प्नि प्रदान गरेको जनाइएको छ ।

प्रकाशित समय : १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु