दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीनको मृत्यु
वि.सं.२०७९ वैशाख १० शनिवार १५:१७
shares

हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५, मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका-३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जित यादवको मृत्यु भएको अविनारायण काफलले जानकारी दिए ।
सप्तरीको भारदहबाट पथरगाडातर्फ जन्ती जाँदै गरेको प्रदेश १-०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १-०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोकिएका थिए ।

























