global ime bank Long Banner Ad

गृहपृष्ठ इन्डियन आइडल विजेता पवन दीपप्रतिकाे क्रेज ,९३ वर्षीय वृद्धले लिए लाइभ सोको टिकट

इन्डियन आइडल विजेता पवन दीपप्रतिकाे क्रेज ,९३ वर्षीय वृद्धले लिए लाइभ सोको टिकट

इन्डियन आइडल विजेता पवन दीपप्रतिकाे क्रेज ,९३ वर्षीय वृद्धले लिए लाइभ सोको टिकट

भारतीय चर्चित गायक इन्डियन आइडल २०२१ विजेता पवन दीप राजन यही वैशाख ११ गते लर्ड अफड्रिंक्स (एलओडी) मा आफ्नो विशेष सांगीतिक प्रस्तुति दिने भएका छन् । यही क्रममा उनकाे सांगीतिक प्रस्तुति हेर्न युवादेखि वृद्धासम्मको आकर्षण बढ्ने देखिएको छ ।

पवन दीपको सांगीतिक प्रस्तुति हेर्न ९३ वर्षीय वृद्धले समेत टिकट खरिद गरेका छन् । ३६५ इभेन्टस् एण्ड मिडियाका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्य (ह्यापी)का अनुसार पवन दीपको सांगीतिक प्रस्तुति हेर्न ९३ वर्षीय वृद्धले घरमै बोलाई टिकट खरिद गरेको जनाएका छन् ।

रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गरेको र ३६५ इभेन्टस् एण्ड मिडियाले व्यवस्थापन गरेको पवन दीप राजनको सांस्कृतिक कार्यक्रममा दुई थरीका टिकट व्यस्था गरिएको छ । २५ सय र ३ हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गरिने आयोजकले जनाएका छ । आयोजकका अनुसार अनलाइन टिकटका लागि भुक्तानीप्रदायक आइएमई पे वालेटमार्फत अग्रिम टिकट खरिद गर्न सकिने जनाएको छ ।

सांगीतिक कार्यक्रमलाई विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय ब्राण्ड र कम्पनीले प्रायोजन गरेका छन् । चर्चित गायक पवन दीपले विभिन्न धार्मिक स्थलहरूको समेत अवलोकन गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित समय : २२:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु