गृहपृष्ठ नेप्सेका सबै सूचकमा गिरावट, २३२० अंकमा झर्‍यो

नेप्सेका सबै सूचकमा गिरावट, २३२० अंकमा झर्‍यो

नेप्सेका सबै सूचकमा गिरावट, २३२० अंकमा झर्‍यो

बुधबार सेयर बजारको परिसूचक नेप्से २३२० अंकमा झरेको छ । दिनभर कुल १ अर्ब ४५ करोड रुपैयाँको कारोबार हुँदा परिसूचक ३६.७ अंकले घटेको हो । कुल ९ कम्पनीको मूल्य बढ्यो भने १८३ को घट्यो, ३ को स्थिर रहृयो । सबै उपसमूहका सूचक घटेका छन् ।

बैंकिङ ११, ब्यापार १५, होटल तथा पर्यटन ६८, विकास बैंक १०६, जलविद्युत ५५, फाइनान्स ६६, निर्जीबन बिमा १६९, उत्पादन ८२, अन्य ५५, लघुवित्त ७३ र जीवन बिमा २४६ अंकले घटे । जल्पा लघुवित्त र ग्रीन भेन्चरको मूल्य करिब १० प्रतिशतले बढ्यो ।

नेस्डो लघुवित्तको मूल्य १० प्रतिशत नै घट्यो । कम्पनीको बिक्रीमा चाप परेको छ भने खरिद गर्नेहरु छैनन् । कारोबार रकमका आधारमा नेस्डो, एनआईसी एसिया, सिद्धार्थ बैंक, अरुणभ्याली र नबिल बैंक क्रमश: अगाडि रहे ।

प्रकाशित समय : १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु