global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नास्टले बनायो विद्युतीय स्कुटर, दुईमन्त्रीले आज उद्घाटन गर्दै

नास्टले बनायो विद्युतीय स्कुटर, दुईमन्त्रीले आज उद्घाटन गर्दै

नास्टले बनायो विद्युतीय स्कुटर, दुईमन्त्रीले आज उद्घाटन गर्दै

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले एकपटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर बनाएको छ । लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा बनाइएको विद्युतीय स्कुटरको आज दिउँसो ऊर्जामन्त्री पम्फा भुसाल, शिक्षामन्त्री देवेन्द्र पौडेल लगायतले संयुक्त रुपमा उदघाटन गर्दैछन् ।

नास्टका प्रविधि संकाय प्रमुख एवं इलेक्ट्रिक स्कुटर निर्माण कार्यक्रमका प्रमुख रवीन्द्र ढकालका अनुसार पेट्रोलियम पदार्थको मूल्य अत्यधिक वृद्धि भइरहेको बेला नेपाली माटो सुहाउँदो नमूना स्कुटर निर्माण गरिएको हो । स्कुटरमा दुई किलोवाट क्षमताको लिथियम आयन ब्याट्री जडान गरिएको छ ।

ठूलो मात्रामा उत्पादन गर्ने अवस्था आउँदा नेपालभित्रै न्यूनतम एक लाख ५० हजारदेखि दुई लाख रुपैयाँसम्ममा विद्युतीय स्कुटर बनाउन सकिने उनको अनुमान छ ।

प्रकाशित समय : १४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु